तीन महिनाभित्र परिणाममुखी काम गर्छु: मन्त्री यादव
काठमाडाैं | असार २६, २०७९
काठमाण्डौँ: नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “म पर्सावासीलाई धन्यवाद भन्न र मन्त्रालयको काम गर्नुभन्दा अघि आशीर्वाद लिन वीरगञ्ज आएको हुँ ।” जिल्लाका सबै सडकको ‘डिपिआर’ बनाएर बोलपत्र आह्वान गर्नुका साथै पर्यटनको विकासका लागि चिडियाखाना बनाउने कामसमेत अगाडि बढाउने मन्त्री यादवले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको थियो ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई लगायत नवनिर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

